जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार ११:०२

माधव-झलनाथले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिवद्धता जनाएपछि


काठमाडौं, बैशाख १२ । एमाले बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले फ्लोर क्रस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको अबिश्वासको प्रस्ताव पारित गर्ने प्रतिवद्धता जनाउनु भएको तथ्य बाहिर आएको छ ।

नेपाल खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष यस्तो प्रतिवद्धता जनाउनु भएको सूचना बालुवाटार पुगेको छ । सोही सूचना पाएपछि नेकपा (एमाले) ले माधव नेपाल पक्षका केही सांसदलाई निष्काशनको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुन लागेको एमाले स्रोतले जनाएको छ ।

माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको हो । एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।