जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार ११:४०

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई


काठमाडौं, बैशाख १२

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेकोमा नेपाली टोलीलाई बधाई दिनु भएको छ । नेपालले उच्च स्कोर बनाउदै सबैभन्दा ठूलो विजय हात पारेपछि प्रधानमन्त्री ओलीले बधाई दिनु भएको हो ।

शनिवार सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेदरल्यान्डमाथि नेपालले १ सय ४२ रनले पराजित गरेको थियो । आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली क्रिकेट टिमलाई उहाले बधाई दिनु भएको हो ।

‘नेपाल, मलेसिया र नेदरल्यान्डबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।