जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार १८:५५

कोरोना संक्रमण बढेपछि कठोर बन्यो सरकार : सीमा नाकाबाट विदेशीलाई नेपाल प्रवेशमा प्रतिबन्ध


काठमाडौं, बैशाख १२ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा आज बसेको सिसिएमसीको बैठकले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे बिश्लेषण गरी सीमा नाकाबाट बिदेसी प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

बैठकले सीमा नाकामा नेपालीहरुको आवागमनलाई भने नरोक्ने निर्णय लिएको छ । सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट कुनै पनि बिदेसी नेपाल पस्न पाउने छैनन् ।