जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १३:४८

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड, वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड नाघ्यो


काठमाडौं, बैशाख १५ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो । । गत आर्थिक बर्षको सोहि अवधिमा २ अर्ब ७० करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा ३२.४० प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन नाफा पनि ३२।७६ प्रतिशतले बढेर ५ अर्ब ३ करोड ८२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३४२.५५ प्रतिशतले बढेर २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको वितरणयोगय मुनाफा ५७ करोड ९५ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको निक्षेप संकलन १५.०६ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ३० करोड ३ लाख रुपैयाँ, कर्जा लगानी १७.११ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९० करोड ५६ लाख रुपैयाँ, चुक्ता पूँजी १० प्रतिशतले बढेर २१ अर्ब ६३ करोड रुपैयाँ, जगेडा कोषमा ७.३४ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९९ पैसाबाट बढेर २२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ रहेको छ ।