जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १६:५६

बागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले सम्हाले कार्यभार


हेटौंडा, बैशाख १५ । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनीयताको शपथ गर्नुभएको हो ।

मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईं र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पौडेलले शपथ गराउनु भएको हो । नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले आजै नयाँमन्त्री नियुक्त गर्नुभएको थियो । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथसँगै पदभार सम्हाल्नुभएको छ ।