जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १७:५५

राष्ट्रिय जनमोर्चाले आफ्नै सांसद आईसीयूमा भएको थाहा नपाएपछि…


पोखरा, बैशाख १५

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको ‘आईसीयू’मा भर्ना हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला उहा भने आईसीयूमा भर्ना हुनु भएको थियो । तर, जनमोर्चाले आफ्ना सांसद नै बेपत्ता भएको भन्दै सभामुख समक्ष निवदेन दिएको छ ।

शाहीका स्वकीय सचिव मिलन हमालले शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताउनु भयो । स्रोतका अनुसार उनलाई पोखराकै चरक मेमोरियल अस्पतालको आईसीयूमा राखिएको छ ।

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही ‘बिरामी’ भएको बताइएको छ । राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित रहेको कांग्रेस–माओवादीको दावी रहँदै आएको छ । तर, जनमोर्चाका दुई सांसद पक्षमा मतदान गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ ।