जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १५:३२

‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ बितरण सुरु, अध्यक्ष भट्टले दिए यस्तो जानकारी


काठमाडौं, जेठ २६

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । संघका अध्यक्ष भवन भट्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फेमिलि मेम्बर कार्ड वितरण गर्नुभएको हो ।

एनआरएनएमा आवद्ध सदस्य तथा सम्बन्धित नागरिकलाई विपद्को समयमा आर्थिक सहायता उपलब्ध गराउन कार्ड वितरण गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । कार्डको वितरणबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था गर्न लागिएको जानकारी पनि उहाँले गराउनु भयो ।

दुई वर्षसम्म नविकरण गर्नु नपर्ने सो कार्डको शुल्क एक हजार रुपैयाँ रहेको छ । एनआरएनएका अध्यक्ष भट्टले दिनुभएको जानकारीअनुसार यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुनेछ ।
एनआरएनएमा करिब ७० हजार सदस्य आवद्ध रहेका छन ।