जनता टाइम्स

१८ बैशाख २०७८, शनिबार १०:५३

विप्लवको पार्टी फुट्यो, धमलाको नेतृत्वमा बन्यो ५१ सदस्यीय केन्द्रीय कमिटी


काठमाडौं, बैशाख १८ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । नेकपाका पूर्ववरिष्ठ पोलिट्ब्यूरो सदस्य कृष्णप्रसाद धमलाको संयोजकत्वमा अर्काे केन्द्रीय कमिटीगठनसँगै बिप्लव नेतृत्वको पार्टी विभाजन भएको हो ।

सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताउनु भएको छ । धमलाले आज विज्ञप्ति जारी गरी नयाँ पार्टीको घोषणा गरिएको जनाउनु भएको छ । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ ।

“आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विशर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ,” विज्ञप्तिमा भनिएको छ । मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।

यस्तो छ विज्ञप्ति

माक्र्सवाद, लेनिनवाद, माओवादको आलोकमा नयां जनवादी क्रान्ति सम्पन्न गर्ने र साम्यवादसम्म पुग्ने उद्धेश्यका साथ २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी बिभिन्न उतार–चढाव, आरोह–अवरोह पार गर्दै यहांसम्म आइपुगेको कुरा हामी सबैलाई सर्वबिधितै छ । अनेकौं सौर्य, साहस, वलिदानका कृतिमानी खडा गर्दै यहांसम्मको यात्रा तय गरेको भएता पनि कम्युनिष्ट आन्दोलन भित्रबाट नै श्रृजनात्मक बिकासको नाममा कहिले दायां अति त कहिले बायां अतितर्फ ढल्केर दक्षिणपन्थि संसोधनवाद र उग्रवामपन्थि प्रभावबाट आन्दोलन मुक्त हुननसकको र जसको फलस्वरूप नेपाली कम्युनिष्ट आन्दोलनले निस्चित लक्ष्यसम्म पुग्न नसकेको यथार्थ हाम्रो सामु स्पष्टै छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको मूल समस्याका रूपमा सतहमा सामन्तवाद नै हावी रहेको कुरा यतिवेला फेरि पनि स्पष्ट गर्न चाहन्छौं । आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विशर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ ।

तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ । यसका निमित्त एउटा नयां आधारमा एउटा नयां बिचार, नयां क्रान्ति, नयां आन्दोलन सृजाना गर्न बैज्ञानिक समाजवादी कार्यदिशालाई दरोसंग पक्रदै अगाडी बढ्ने उद्धेश्यलाई केन्द्रमा राखेर एउटा नितान्त नयां, सशक्त र जुझारु तथा सामन्तवाद, साम्राज्यवाद र संसोधनवाद बिरोधि एवं देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति, समूहहरू तथा जातिय, क्षेत्रिय, लैंगिक, दलित, मधिशे, महिला, सिमान्तकृत उत्पिडीत समुदाय र भाषिक, सांस्कृतिक उत्पिडनमा परेका समूहहरू लगायत समग्रमा बर्गिय उत्पिडनको साथ र सहयोगमा बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न श्री कृष्णप्रसाद धमला (कमरेडः गम्भिर) को नेतृत्वमा हिमाल, पहाड, तराइ मधेश सबैको प्रतिनिधित्व सहित ५१ (एकाउन्न) सदस्यिय जन–समाजवादी मञ्च, नेपालको आज मिति २०७८ बैशाख १८ गते तदनुसार सन २०२१ मइ ०१ का दिन स्थापना गरिएको सगर्व घोषणा गर्दछौं ।

यतिवेला देशमा कोरोनाको दोस्रो लहरले सृजना गरेको बिसम परिस्थितिका कारण औपचारिक कार्यक्रम गर्न नसकेकोमा सम्बन्धित सबै जनसमुदाय, देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र समूह लगायत पत्रकार बन्धुहरूसंग क्षमायाचना गर्दै यस विश्वब्यापी कोरोना महामारीका बिरुद्ध लड्न सबैलाई एकजुट भै हातेमालो गरी कोरोना कहरबाट छुटकारा पाउने लडाइमा सफलता प्राप्त गर्न समेत हार्दिक आग्रह गर्दछौं ।

जनताको सम्प्रभूतालाई स्थापित गर्दै माक्र्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शक सिद्धान्तमा अडिग रहंदै बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने महान अभियानलाई यहांहरू सबैबाट न्यानो माया, सद्भाव, नैतिक/भौतिक समर्थन रहने छ भन्ने बिश्वास ब्यक्त गर्दै सबै जनसमुदाय, देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र समूहहरूलाई यस महान अभियानमा विना पूर्वाग्रह, विना संकोच छलफल, बहस, विमर्शमा भाग लिन र बिषयलाई सारमा संकेन्द्रण गरी लागु गर्दै विजयसम्म पुग्नका निमित्त लामबद्ध हुन हार्दिक अपिल गर्दछौं ।