काठमाडौं, बैशाख १७ । नेपालमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिएको तथ्य बाहिर आएको छ । स्वास्थ्य तथा जनसंख्इा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल परीक्षणमध्ये ४४ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएको जनाएको छ । यो संख्या कुल १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गर्दा आएको नतिजा हो । जस्को प्रतिशत ४४ भन्दा बढी हुन्छ । पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार १३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७४४, भक्तपुरका ३०१ र ललितपुरमा ५ सय ५० जना रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्