जनता टाइम्स

२० बैशाख २०७८, सोमबार १२:४५

लुम्बिनीका दुई सांसदले गरिदिए कांग्रेस-माओवादी अपराधको भण्डाफोर : तथ्यसामू टिकेन किर्ते काम


बुटवल, बैशाख २० । लुम्बिनी प्रदेशसभाका दुई जना सांसदले कांग्रेस र माओवादीले आफूहरुको हस्ताक्षर किर्ते गरी माओवादी नेता कुलप्रसाद केसीको समर्थनमा देखाएको तथ्य खोल्नुभएको छ । लुम्बनी प्रदेशका सांसदद्वय धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही एमाले संसदीय दलमै रहेको र मुख्यमन्त्री शंकर पोखरेललाई आफूहरुको साथ रहेको अवस्थामा केसीको समर्थनमा आफूहरुको हस्ताक्षर राख्नु बदनीयतपुर्ण रहेको प्रष्ट पार्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर फेरि सपथ लिँदै गर्दा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले आफूलाई समर्थन गरेको भन्दै श्रीवास्तव र शाहीको हस्ताक्षर किर्ते गर्नुभएको थियो । तर दुवै सांसदले आज बिज्ञपती जारी गरी आफूहरु एमाले संसदीय दलमै रहेको र केसीको समर्थनमा हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ ।

२०७४ को निर्वाचनमा उहाँहरुले संघीय सरकारका स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सूर्य चिन्हबाट चुनाव जित्नुभएको थियो । त्रिपाठी संघीय सरकारको मन्त्री रहेको अवस्थामा उहाँनिकट प्रदेशका दुई सांसद माओवादीतर्फ लागेको भन्दै हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइएको थियो । तर दुवै सांसदले आफूहरुले केसीको समर्थनमा हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । उहाँहरुको यो भनाईसँगै केसीको समर्थन भन्दै किर्ते हस्ताक्षर गरिएको तथ्य उजागर भएको हो ।