जनता टाइम्स

२० बैशाख २०७८, सोमबार १५:१३

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो साढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।