जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १३:१४

बाँकेमा १११ वर्षीय वृद्धले जिते कोरोना


नेपालगञ्ज, बैशाख २१ । पछिल्लोसमय कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या पनि बिस्तारै बढ्न थालेको छ । केही दिनयता यसरी संक्रमनमुक्त हुनेहरुको संख्या बढ्न थालेपछि स्वास्थ्यकर्मीहरु पनि खुसी हुन थालेका छन् ।

बाँकेका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार पछिल्लो एक सातामा विभिन्न कोभिड आइसोलेसन र होम आइसोलेसनमा रहेका एक हजार ३ सय ३५ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले संक्रमणमुक्त हुनेहरु धेरै होम आइसोलेसनमा बसेका रहेका छन । ओलीका अनुसार १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल भएका छन।

ओलीका अनुसार बाँकेमा वैशाख १२ गते १२, १३ गते १२५, १४ गते १०६, १५ गते ८८, १६ गते २४४, १७ गते २०५, १८ गते २५०, १९ गते ३०५ संक्रमितले कोरोना जितेर घर फर्किएका छन ।