जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार ०६:१५

तथ्यको कसीमा प्रधानमन्त्री ओलीलाई नियाल्दा


अब प्रतिपक्षीलाई बहुमत पुग्ने गरी माधव नेपाल गुटले राजिनामा दिने रे भन्ने चर्चा पनि चलाइएको छ बजारमा। यही बिचमा ओलीसँग बार्गेनिङ गर्न यस्ता धम्की दिएका होलान, तर हिम्मत भए यिनले राजिनामा दिएर हेरुन। आत्महत्या गर्छु तर केपी ओलीलाइ नमारी गर्दिन भन्ने चेत माधव गुटलाई आएको हो भने राम राम मात्र भन्न सकिन्छ, नेपाली जनताले काँध थाप्नेवाला छैनन। केपी ओलीलाइ मार्नु त यत्तिकै हो, माधव गुटको देहवसान अवश्य हुन्छ

गुरु भट्टराई

प्रधानमन्त्री केपी शर्माओली पछिल्लो दशक राजनीतिक आरोहको शिखरमा पुग्नुभएका कारण तीनवटा थिए । एउटा जङगली बिद्रोहबाट दलीय ब्यबस्थामा प्रवेश गरेको उत्ताउलो र उछृंखल माओवादीले मुलुकलाई संघीयताको नाममा जातीय र क्षेत्रीय बिद्रोहमा फसाउन खेलेका खेलको कडा प्रतिबाद। माओवादी, जनजाती तथा मधेशवादी समेतलाई शिखण्न्डी बनाएर भारत तथा पश्चिमा शक्तिहरु समेतले नेपाललाई जातीय, धार्मिक तथा क्षेत्रीय बिद्रोहमा फसाउन गरेका षड्यन्त्र र दवाब प्रतिबाद गर्दै चट्टानी अडानका साथ संबिधानमार्फत असफल बनाइदिने कोही पात्र थियो भने त्यो प्रधानमन्त्री केपी ओली मात्रै हो।

दोस्रो, नेपालको आन्तरिक तथा राजनीतिक मामिलालगायत सार्बभौम सत्ता समेतमा बारबार प्रहार गर्दै आएका भारत तथा पश्चिमा शक्तिहरुको बलमिच्याइ र हेपाहा प्रब्रित्तिलाई कडा रुपमा प्रहार गर्ने र नेपाललाई विश्वसामु सुनिने र चिनिने स्थितिमा पुर्याउने पनि प्रधानमन्त्री केपी ओली नै हुन। चाहे मुलुक भुकम्पले थलिएका बेलामा भारतले गरेको अपराधपूर्ण नाकाबन्दीको प्रतिबाद होस्, चाहे भारत र युरोपियनले नेपालको संबिधानका बिषयमा गरेका अवान्छित र अनुचित टिप्पणीलाई सरकारमा रहेर कडा चेतावनीयुक्त जवाफ दिने कुरा होस, चाहे काठमाडौंमा बसेर नेपालका नेता तथा प्रधानमन्त्रीलाई निर्देशन फर्मान गर्ने भारतीय राजदूत तथा पश्चिमाहरुको तान्डव बन्द गरिदिने कुरा होस, अथवा बिगत ६० बर्षदेखि भारतले नेपालको कालापानीलगायतको भुमी फिर्ता गराउन चुच्चे नक्सा जारी गराउने र भुमी फिर्ता ल्याउन भारतलाई दबाब दिने कुरा होस, अथवा सन १९५० लगायतका असमान सन्धि सम्झैता पुनरावलोकन गर्न भारतलाई सहमत गराउने कुरा होस, यि सबै काम प्रधानमन्त्री केपी ओलिकै देन हुन।

तेस्रो कुरा, बिभिन्न राजनीतिक दलको असन्तुष्टी, अलगबाद, मुलुकको अखन्डतामै प्रश्न उठाउने सिके राउतदेखि हतियार उठाएको बिप्लब समुहको ब्यबस्थापन गरी द्वन्द्वको बाटो हिंडेकालाई मुल धारमा ल्याउनसमेत प्रधानमन्त्री ओलिकै भूमिका रह्यो। संबिधानका सबालमा असन्तुष्टी जाहेर गर्दै त्यात्रो मधेश आन्दोलन गरिरहेको मधेशबादी दलले अचेल फेस सेभिङको निम्ति मात्र मधेशको मुद्दा भन्ने गरेका छन र ती पनि ठेगान लगाइएको छ। मधेशका युवा जमातमा मधेशबादी दल भन्दा प्रधानमन्त्री ओलीप्रती क्रेज बढेको छ। तर माधव-प्रचण्डहरुलाई यी सब देख्दा खपिसक्नु भएको छैन। प्रचण्ड-माधवहरु ओलीको छाँयामा आफू अध्यारो देखिने र हराइने पीरले बहुलाएका छन।

बिकास उन्नती प्रगती भन्ने कुरा त नेपालले सोच्न पनि सक्दैन, नेपालीहरु बिदेशमा कुल्ली काम गर्न मात्र जन्मिएका हुन, यो मुलुक कहिल्यै बन्दैन भन्ने मनोबैज्ञानिक चिन्तनमा पुगेका नेपाली जनताका मुर्झाएका चाहना, उन्नती प्रगतिको ब्यग्र आशा, तथा सुखी नेपाली समृद्ध नेपाल देख्ने इच्क्षालाई पुनजाग्रित गराउने पनि केपी ओली हुन। बिकासका नयाँ नयाँ सोच, बिद्युत, सिंचाई, रेल, पानीजहाज, खनिज उत्खनन, सुरुङ मार्ग, बिमानस्थल, सडक, फ्लाइओभर जस्ता बिकासका आयामहरु नेपाली जनजनका मस्तिष्कमा पुर्याउने र काम थालनी गर्ने पनि प्रधानमन्त्री केपी ओली हुन। यसो भन्दा कतिपयले तत्काल टिप्पणी लेख्लान, खै जहाज, खै रेल, खै सुरुङ मार्ग, खै बिमानस्थल, खै फ्लाईओभर ? भनेर मात्रै हुन्छ र ? इत्यादी। हो, सदियौंदेखि जर्जर र थलिएको मुलुकमा बिकासका ठुला र दुरगामी आयोजना सुरु गर्ने बित्तिकै एक बर्ष वा दुई तीन बर्षमा सम्पन्न हुँदैनन, निश्चिय नै तिनले केही समय लिन्छन। मुख्य कुरा हामीले त्यस यात्राको थालनी गर्यौ कि गरेनौ भन्ने हो। थालनी भएका छन। यसअघि भुकम्पले ध्वस्त बनाएका लाखौं संरचनाहरु लगभग निर्माण सम्पन्न भएका छन। बाँकी केही एक बर्षभित्रमा सम्पन्न हुँदैछन।

प्रधानमन्त्रीका यिनै सोच र भिजन बुझेका नेपाली जनताले उनकै नेत्रृत्वमा भएको निर्वाचनमा बामपन्थीलाई भारी बहुमत दिएका हुन। २०७२ सालमा प्रम ओली प्रधानमन्त्री भएपछि यिनै बिषयलाई प्राथमिकतामा राखेर काम गर्ने संकेत दिनुभएको थियो। तर अब त नेपालले गती लिने भो, नेपाल बिकासको बाटोमा हिंड्ने भो भन्ने भयले केही देशी बिदेशी शक्तिहरुले तात्कालिन माओवादी र एमालेकै माधव नेपाल समुह लगाएर ओली सरकार ढाले। त्यो सरकार किन ढालिएको थियो भन्ने कुराको जवाफ अरु त अरु माधव नेपालले समेत आजसम्म जनतालाई दिन सकेका छैनन। त्यसबेला आफ्नो पार्टीको सरकार ढाल्दा संसदमा उभिएर स्वतन्त्रता सङ्राम जितेझै खुशीयाली मनाउने यिनै माधव नेपाल हुन, उनका आसेपासे हुन। पछिल्लो पटक ओलीकै नेतृत्वमा चुनावमा होमिएको बाम्पन्थी दलले भारी बहुमत ल्याएपछि लाजगालले पनि ओलीलाइ प्रम स्वीकार गर्न माधव प्रचण्ड तयार भएका थिए । किनभने तिनको आशा थियो, बिरामी ओली कित अर्को मृगौला फेरेपछि थला पर्छन, कि त बाच्दै बाच्दैनन, अनी हामी रावणराज्य चलाऊला ।

केपी ओलीको मृत्‍युमा आफ्नो राजनीतिक भविष्य देखिरहेका थिए माधव र प्रचण्ड। प्रचण्डले आधा प्रम छोडें भन्नु वा माधव नेपालले त्यसबेला ओली सरकार त ५ बर्ष नै टिक्छ भन्नुको भित्री रहस्य त्यही थियो। प्रम ओलीसँग नराम्रो नबनिकन, दुनियाँको अघि पदलोलुप नदेखिकन सत्ता पाईन्छ भने तिमी नै ५ बर्ष प्रधानमन्त्री भन्दिदा के जान्थ्यो र ? तर भयो के भन्ने प्रम ओली मृगौला फेरेको २ हप्ता नबित्दै तनक्क तन्किएर नियमित काममा फर्किन थाल्नु भो। झन जोसिलो र युवा झै देखिन थाल्नु भो । अनी प्रचण्ड र माधव नेपाल राती निदाउन छोडे। तात्कालिन नेकपाको रडाको यही बिन्दुबाट सुरु भयो र त्यसको मुख्य कारण नै ओलीको स्वास्थ्यमा चमत्कारीक ढंगले सुधार हुनु हो।

बाहिर भन्नलाई ओलीले बिधि, पद्धती मानेनन भन्ने छ तर के के कुरा मानेनन भनेर माधव प्रचण्डले नेपाली जनतालाई कहिल्यै भनेनन। बरु एकोहोरो ओलीले प्रधानमन्त्री पद छोड्नु पर्छ, ओलीले अध्यक्ष छोड्नु पर्छ। हामीलाई मान मनितो पुगेन, हाम्रो कुर्सी राखेको ठाउँ मिलेन, हाम्रो कुर्सीको प्रकार मिलेन, हामीलाई हेप्यो, अहन्कार देखायो आदी आदी भन्ने एकतारे सनाइ बजाइरहे । अनी ओलीलाइ सत्ताबाट हटाएरै छाड्ने मिसनका साथ गत एक बर्षमा प्रचण्ड माधवहरुले खुमल्टार, झम्सिखेल, हात्तीबन, भैसेपाटी, कोटेश्वरमा गुट भेला गरेर ५ सय भन्दा बढी पटक बैठक बसे। ओलीलाई हटाउने अनेक तानाबाना बुन्ने कुराबाहेक तिनको बैठकमा अन्य कुनै बिषयले प्रवेश पाएनन। के कोभिडको महामारी, के पुनःनिर्माणका सवाल, के बिकासका कुरा, के सुशासन दिने बिषय वा के सुधार गर्नु पर्ने कानून निर्माणमा चासो, कुनै बिषय तिनका बैठकको अजेन्डा बनेनन। गुटको बैठक गर्ने, ओलीलाइ घेराउ गर्ने रणनिती बनाउने अनी बालुवाटार गएर बैठक राख कि राख, गम्भिर बिषयमा छलफल गर्नु पर्ने छ भन्ने तर बैठक बसे मेरो पद, मेरो कुर्सी, मेरो मान सम्मान, अजेन्डा यिनै बन्थे ।

अहिलेको राजनीतिक परिद्रिश्यको प्रिष्ठभुमी यत्ती हो। यहाँ न कुनै बिधिको कुरा छ, न देश छ, न जनता। प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई नबुझिकन पार्टी एकता गर्नु भएको थिएन। नेकपाको बिबाद सडक मै छताछुल्ल हुनु केही दिनअघि यस पंक्तिकारसँगको भेटमा समेत प्रधानमन्त्रीले भन्नुभएको थियो, के मैले जती अरुले प्रचण्डको प्रबृत्तिलाई बुझ्छन र ? मैले केही नबुझी ४० प्रतिशत दिएको हो र ? अझ पूर्वएमालेमै पनि माधव गुट छ भन्ने मलाई थाहा थिएन र ? अनी माधव प्रचण्ड मिल्दा मलाई अल्पमतमा पार्छन भन्ने कुरा मलाई थाहा थिएन र ? यो सबै थाहा थियो। तर पार्टी एकता गर्दा अल्पमत बहुमत भन्न थाले एकतामा आएको एउटा समुह सधैं मिच्याइमा पर्छ र एकता भङग हुन्छ भनेरै नयाँ महाधिबेसनले नयाँ नेतृच्व चयन नगर्दासम्म दुबै अध्यक्षको सहमतिमा मात्र पार्टी बैठक, निर्णय इत्यादी कार्यन्वयन्न हुन्छ भनेर बिधान लेखिएको हो।

केपी ओलीको मृत्‍युमा आफ्नो राजनीतिक भविष्य देखिरहेका थिए माधव र प्रचण्ड। प्रचण्डले आधा प्रम छोडें भन्नु वा माधव नेपालले त्यसबेला ओली सरकार त ५ बर्ष नै टिक्छ भन्नुको भित्री रहस्य त्यही थियो। प्रम ओलीसँग नराम्रो नबनिकन, दुनियाँको अघि पदलोलुप नदेखिकन सत्ता पाईन्छ भने तिमी नै ५ बर्ष प्रधानमन्त्री भन्दिदा के जान्थ्यो र ? तर भयो के भन्ने प्रम ओली मृगौला फेरेको २ हप्ता नबित्दै तनक्क तन्किएर नियमित काममा फर्किन थाल्नु भो। झन जोसिलो र युवा झै देखिन थाल्नु भो । अनी प्रचण्ड र माधव नेपाल राती निदाउन छोडे। तात्कालिन नेकपाको रडाको यही बिन्दुबाट सुरु भयो र त्यसको मुख्य कारण नै ओलीको स्वास्थ्यमा चमत्कारीक ढंगले सुधार हुनु हो

अर्थात प्रचण्डले कुनै पनि बेला षड्यन्त्र गर्छन् भन्ने आँकलन गरेरै ओलीले माओवादी र माधव गुटलाई समेत पार्टी बिधानको नथ्थी लगाइदिनु भएको हो। कम्युनिष्ट पार्टी एक अर्को कुनै उपाय थिएन। तर समस्या त यहाँ अर्कै देखियो। बिगत महाधिबेसनमा ओलीसँग हारेको रिस साध्ने मौका कुरेर बसेका माधव नेपाललाई अर्को प्रचण्ड जस्तै षड्यन्त्रकारी प्रबृत्ति सहयात्री बने ढुङ्गा खोज्दा देउता मिलेझै। एक्लै ओलीलाइ ढाल्न नसकेर बिगत महाधिबेशनदेखि ढुकेर बसेका माधव नेपाल जस्ता लोभी, असक्षम, धुर्त, आफू केन्द्रित, स्वप्रसांशामा लिन, घमण्डी, निच प्रब्रित्तीलाई प्रचण्ड जस्ता युद्ध सरदार कम गुनिलो भएनन। त्यही भएर प्रचण्डको काँधमा बन्दूक राखेर ओलीलाई गोली हान्न तयार भए माधव नेपाल।

आफ्नो दलको सरकार, आफ्नो अध्यक्ष प्रधानमन्त्री, आफूले पास गरेको सरकारको निती कार्यक्रम मन परेन भन्दै आज तिनै माधव नेपाल प्रचण्डसँग नारिएर प्रतिपक्षी दलका नेताहरुलाई जहाँ भेट्यो प्रधानमन्त्री बन्देउ न ओली हटाउनु पर्‍यो भन्दै ढोग भेट गर्दै हिंडेका छन। माओवादीको त कुरै नगरौ तर एमालेजनले यस्ता अपराधी, कुसस्कारी, बिधी बिरोधी, संसदीय ब्यबस्था बिरोधी, अलोकतान्त्रिक नेतालाई कसरी नेता मान्छन ? कसरी ति कम्युनिष्ट पार्टीको नेता हुन भनेर ठान्छन ? अझ यसो गर्नु भनेको प्रतिगमन सच्चाउने काम हो रे, माधव नेपाल भन्छन। आफ्नो पार्टीको बहुमतको कम्युनिष्ट सरकार ढालेर ध्वजा पताका जोडेर प्रतिपक्षी दलको दक्षिणपन्थी ओदाने सरकार बनाउन कुद्ने नेताले देखेको अग्रगमन खै कस्तो हो, तिनका कार्यकर्ताले माधव नेपाललाई सोधुन।

अब प्रतिपक्षीलाई बहुमत पुग्ने गरी माधव नेपाल गुटले राजिनामा दिने रे भन्ने चर्चा पनि चलाइएको छ बजारमा। यही बिचमा ओलीसँग बार्गेनिङ गर्न यस्ता धम्की दिएका होलान, तर हिम्मत भए यिनले राजिनामा दिएर हेरुन। आत्महत्या गर्छु तर केपी ओलीलाइ नमारी गर्दिन भन्ने चेत माधव गुटलाई आएको हो भने राम राम मात्र भन्न सकिन्छ, नेपाली जनताले काँध थाप्नेवाला छैनन। केपी ओलीलाइ मार्नु त यत्तिकै हो, माधव गुटको देहवसान अवश्य हुन्छ। फ्रस्ट्रेसनले आत्महत्या गर्न खोजेका हुन भने के भन्न सकिन्छ र ? बिगत तीन बर्षदेखि नेपाली जनताले यिनको चर्तिकला राम्रोसँग नियालिरहेका छन ।

केही चर्चित मिसन मिडिया र आफूलाई बिष्लेशक ठान्ने बिदेशिका हन्डी खाने नन्दी भ्रिङ्गीहरु अहिले कोभिडको महामारी र नागरिकको गएको ज्यानसँग प्रधानमन्त्री ओलीले बोलाएको संसद अधिबेसन, प्रम ओलीको नेतृत्त्वको सरकारसँग सन्दर्भ जोडेर लेख्ने गरेको पढ्न पाईन्छ। भनिन्छ, मुर्खलाई रिस उठ्यो भने तर्क गर्न सक्दैन र गाली गर्छ वा हतियार उज्याउछ। यहाँ आफुलाई मुल धारको मिडिया अवथा बिश्लेषक ठान्नेहरुको हविगत त्यस्तै भएको छ। बेलुका घरमा श्रीमतीले कुचोले कुटिन भने भोली बिहान मिडियामा ओलीको शासनमा नागरिक असुरक्षित भनेर हात्तीकाने अक्षरमा हेडलाइन लेख्छन यिनले। हैन भने कोभिडको महामारी र सत्ताको रगत चुसेका ब्वासाहरुले वर्तमान राजनीतिक खिचातानीलाई जोडेर ओली सरकारको औचित्य छैन भनेर गर्ने तर्कको कुनै अर्थ छैन। कोभिडले संसार आक्रान्त छ, संसारका सबै सरकार ओलीले चलाउँदैनन। त्यही भारततिर नजर लगाउदा पनि हुन्छ। हामी बरु तुलनात्मक रुपमा अरु भन्दा राम्रो ढंगले कोभिडसँग जुध्दैछौ। त्यसैले संसारमा जे जे अप्रिय घटना घट्छन ती सबै प्रधानमन्त्री पदमा केपी ओली रहेकाले हो भन्ने दिव्यज्ञान बाड्ने महापण्डितहरुलाई दया गरौं।