जनता टाइम्स

२३ बैशाख २०७८, बिहीबार १७:१०

एमाले वागमती प्रदेशले गठन गर्यो संसदीय बोर्ड (नामसहित)


हेटौंडा, बैशाख २३ । नेकपा एमाले वागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । दलका नेता एवं वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १५ सदस्यीय बोर्ड गठन गरिएको हो ।

बोर्ड सदस्यमा प्रमुख सचेतक दीपक निरौला ण्पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशीजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायणबहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहनुभएको छ । दलको सचेतक र उपनेता पदेन सदस्य रहने व्यवस्था छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि पुर्ति हुने छ ।