जनता टाइम्स

२५ बैशाख २०७८, शनिबार १२:२२

कांग्रेस-माओवादीप्रति पूर्वमन्त्री बाँस्कोटाले उठाए गम्भीर प्रश्न


काठमाडौं, बैशाख २५ । पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको नियतलाई लिएर गम्भीर प्रश्न उठाउनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्वमन्त्री बाँस्कोटाले कांग्रेस र माओवादी निर्दलीयतातिर जान लागेको भन्दै गम्भीर प्रश्न उठाउनु भएको हो ।

बाँसकोटाले बागमित प्रदेशमा आगामी जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्यको उपचुनावमा एमालेविरुद्ध बनेको गठबन्धनलाई आउने चुनावको युद्ध अभ्यासको संज्ञा पनि दिनुभएको छ । बास्कोटाले कांग्रेसको चुनाव चिह्न रूख र माओवादीका गोलाकारभित्रको हँसिया हथौडा बेपत्ता भएको भन्दै बहुदलीय लोकतन्त्रमा निर्दलीय महा गठबन्धन बनेको ठोकुवा गर्नुभएको छ ।

‘बहुदलीय लोकतन्त्रमा रूख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ रु एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन,साायद उाउने चुनावको युद्ध अभ्यास होला,’ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पूर्वमन्त्री बाँस्कोटाले भन्नुभएको छ ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमाले उम्मेद्वार रामवहादुर थापा बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । देवकोटालाई कांग्रेस र माओवादीले समर्थन गरेका छन । सोही बिषयलाई पूर्वमन्त्री बाँस्कोटाले गम्भीर प्रश्न उठाउनु भएको हो ।