जनता टाइम्स

२५ बैशाख २०७८, शनिबार १८:३८

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापा र प्रमुख स्वकीय सचिव भण्डारीलाई पुनः संक्रमण


काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका एक दर्जन व्यक्तिमा कोरोना भाइरस परीक्षण गर्दा उहाँको रिपार्ट नेगेटिभ आएको हो ।

पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो । यस्तै दुबै डोज कोभिसिल्ड खोप लगाउनु भएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।