जनता टाइम्स

२६ बैशाख २०७८, आईतवार ०६:१०

प्रचण्डको हर्कतले माओवादीप्रति कार्यकर्तामा बितृष्णा बढद, सिंगै कमिटी एमालेमा बिलय


झापा, बैशाख २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड भारतका लागि कम्फर्टेवल सरकार गठनको दौडमा अघि बढिरहँदा सो पार्टीप्रति देशभरका कार्यकर्तामा बितृष्ण पैदा भएको तथ्य बाहिर आउन थालेको छ । माओवादी नेतृत्वको यही हर्कतप्रति आपत्ति जनाउँदै मेचीनगर नगरपालिका वडा नम्बर ८ को सिंगो माओवादी कमिटी नै नेकपा एमालेमा बिलय भएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै नगरकमिटी सदस्यसहित वडा कमिटी अध्यक्ष र मजदुर संघका पदाधिकारीले माओवादी परित्याग गरी एमालेमा बिलय भएका हुन । समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल बनाउन एमालेमा लागेको विज्ञप्तिमार्फत बताइएको छ । ‘सुखी नेपाली समृद्ध नेपाल बनाई संघीय लोकतान्त्रिक गणत्रन्तामक समाजवाद उन्मुख दिशा निर्देश गर्न नेकपा एमालेले अभिभावकिय भूमिका निर्वाह गरी रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

नेकपा एमालेलाई मूल कम्युनिष्ट पार्टी बनाउन लागिपर्ने अठोट पनि विज्ञप्तिमार्फत गरिएको छ । माओवादी परित्याग गरी एमालेमा समाहित हुनेहरुमा नेकपा माओवादी केन्द्र मेचीनगर कमिटी सदस्य दिपेन्द्र रिजाल, ८ नम्बर वडा कमिटि अध्यक्ष कुन्दन निरौला, अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय सचिव तिलक दर्जी र टोकला चिया इकाई अध्यक्ष द्वारीक गुरुङ रहनुभएको छ । त्यस्तै ८ नम्बर वडा कमिटी सदस्य तथा वाइसिएल वडा इञ्चार्ज रमेश नेपाली, वडा कमिटीका सदस्यहरु रुद्रलाल पुरी र इन्दिरा अधिकारी हुनुहुन्छ ।