जनता टाइम्स

२६ बैशाख २०७८, आईतवार ०९:४८

माधव समुहलाई सांसद गंगा चौधरीको जवाफ : मेरो राजीनामा आउँदैन


काठमाडौँ, वैशाख २६। नेकपा एमालेकी नेतृ तथा सांसद गंगा चौधरीले सांसद पदबाट आफ्नो राजीनामा नआउने स्पष्ट पार्नुभएको छ ।

केही सञ्चार माध्यममा राजीनामा दिने सांसदको सूचीमा आफ्नो समेत नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले आफुले राजिनामा नदिने स्पष्ट पाुर्नभयो । उहाँले आफुले मुलधारको नेकपा एमाले छोडेर अलपत्र पर्न कतै नजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन । म सुरु देखि नै पार्टी एकताको पक्षमा छु। जनताको आघात स्नेह र माया भएको नेकपा एमाले र सूर्य चिह्न छोडेर म कतै जाँदिन र अरु पनि जानु हुँदैन ।’ खनाल–नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।