जनता टाइम्स

२६ बैशाख २०७८, आईतवार १२:००

महन्थ-राजेन्द्रको निर्णय सुनेर निरास बने देउवा, निकाले वैकल्पिक सरकार बन्नै नसक्ने निश्कर्ष


काठमाडौं, बैशाख २६ । सत्ता परिवर्तनमा निर्णायक भुमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर बैकल्पिक सरकार गठनको संभावना अहिले नरहेको निश्कर्ष सुनाउनुभएको छ ।

आज बिहान देउवा निवास बुढानिलकण्ठ पुगेर डेढ घण्टा लामो छलफल गर्नुभएका ठाकुर र महतोले उपेन्द्र यादवको भनाई पार्टीको प्रतिनिधित्व नगर्ने भन्दै बैकल्पिक सरकार गठनको संभावना नरहेको बताउनु भएको हो । ‘विश्वासको मतमा जसपा तटस्थ बस्छ,उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस, अहिले वैकल्पिक सरकार गठनको सम्भावना छैन,’ देउवासँगको भेटमा ठाकुर र महतोको भनाई थियो । उहाँहरुले सवै दल मिलेर चुनावमा जाने प्रस्तावसमेत गर्नुभएको छ । सबै मिलेर निर्वाचनतर्फ मुलुकलाई लैजाऔं, यो नै उपयुक्त बिकल्प हो, देउवासँग ठाकुरको भनाई थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।