जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार ०९:०७

महेश बस्नेतले पाँच दिनमै जिते कोरोना


काठमाडौं, बैशाख २७ । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पाँच दिनमै कोरोना जित्नुभएको हो ।

वैशाख २३ गते संसद भवनमा गरिएको परीक्षणबाट बस्नेतमा कोरोना संक्रमण पुष्टी भएको थियो । उहाँको आज विहान दोस्रो परीक्षणको नेगेटिभ रिपोर्ट आएको हो ।

हालसम्म २६ जना प्रतिनिधिसभा सदस्यमा पोजेटिभ देखिएकोमा अब बस्नेत भने संक्रमणमुक्त हुनुभएको छ । घरमै आइसोलेसनमा बसेका बस्नेतले आफ्नो पहिलो रिपोर्टमा सिटी भ्यालु ३६ देखिएकाले चिकित्सकको सल्लाहमा तत्कालै अर्को परीक्षण गर्दा नेगेटिभ आएको जानकारी दिनुभयो । कोरोनाविरुद्ध भ्याक्सिनको दुवै डोज लगाए पनि बस्नेतमा संक्रमण भएको थियो । आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको बस्नेतले बताउनु भयो । बस्नेतले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सवैलाई धन्यवाद दिनुभएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएका सांसदलाई संसद भवनभित्रै अलग अलग टेण्टमा राखेर मतदानको बेला लबीमा लैजाने निर्णय आइतवारै कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको थियो ।