काठमाडौं, बैशाख २८ । नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपालले आफूहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको कार्यकर्ता बनेको स्वीकार गर्नुभएको छ । गत बर्षको चैतदेखि नै प्रचण्डको निर्देशनअनुसार आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध निरन्तर अभियान छेडनुभएका पूर्वमहासचिव नेपालले संसदमा बिश्वासको मत दिन अनुपस्थित भएलगत्तै आफूहरु प्रचण्डकै कार्यकर्ता भएको स्वीकार गर्नुभएको हो ।
बिश्वासको नदिनुको कारणबारे बिज्ञप्ती जारी गर्दै नेपालले पार्टीप्रतिको निष्ठा भन्नुभएको छ । ‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो । उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तब्य हुने भएकोले सोहीअनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं’, नेपालले भन्नुभएको छ, ‘यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो ।’
माओवादी र कांग्रेसको स्वार्थ पुर्ति गरेलगत्तै नेपालले पार्टी निष्ठाको द्योतक भन्दै आफूहरु एमाले नभई माओवादी नै रहेको तथ्यलाई उजागर गर्नुभएको हो । नेकपा एमालेको सरकारको पक्षमा नउभिएर माओवादी केन्द्रको निर्देशन पालना गरिएको तथ्य सो भनाईले पुष्टि गरेको छ । झण्डै १५ बर्ष पार्टीको नेतृत्व गर्नुभएका नेपाल र १३ बर्ष पार्टीको नेतृत्व गर्नुभएका झलनाथ खनालले प्रचण्डको कार्यकर्ता बनेर एमालेबिरुद्ध लाग्दा राजनीतिक भविश्य भएका झण्डै डेढ दर्जन युवा नेताहरुको राजनीतिक जीवन नैसमाप्त पारिदिनु भएको छ । गुट भक्ति नै पार्टी अनुशासन मान्ने युवा नेताहरु नेपाल खनालको कुरामा लाग्दा अव कहिल्यै जनतामा जान नसक्ने गरी समाप्त हुनभएको छ ।













प्रतिक्रिया दिनुहोस्