काठमाडौं, बैशाख २८ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री लिएर नेपाल बायु सेवा निगमको जाहाज काठमाडौं आइपुगेको छ । अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान केहीबेर अगाडि काठमाडौं अवतरण गरेको हो ।
वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले दिनुभएको जानकारीअनुसार सो जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको हो ।















प्रतिक्रिया दिनुहोस्