जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १५:४२

नीलगिरिपावरले १०० मेगावाटको जलविद्युत आयोजना निमार्ण गर्दै


काठमाडौं, जेठ २७

नीलगिरिपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको हो ।

सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताउनु भएको छ ।

उहाँले भन्नुभयो “नदीको उचाइ धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागिएको हो । स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेको छ ।”

१३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ । चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ ।उक्त आयोजना आगामी चार वर्षभित्र पूरा गरिने लक्ष्य छ ।