जनता टाइम्स

३१ बैशाख २०७८, शुक्रबार १९:५४

पदबहालीमै अर्थमन्त्री पौडेलको बोल्ड निर्णय


काठमाडौं, बैशाख ३१ । अर्थमन्त्री विष्णु पौडेलले तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि आर्थिक सहयोग गर्ने निर्णयमा हस्ताक्षर गरी पदबहाली गर्नुभएको छ । राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्रालयमा आई पदभार सम्हाल्ने क्रममा अर्थमन्त्री पौडेलले यस्तो निर्णय गर्नुभएको हो ।

सपथ ग्रहणको क्रममा अर्थमन्त्री पौडेलले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंजमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम, उपचार र समग्र अर्थव्यवस्थालाई पुनःउत्थान गर्न यसले सहयोग पुर्‍याउने मन्त्री पौडेलको अपेक्षा छ ।