काठमाडौं, जेठ १
नेकपा (एमाले) का प्रभावशाली युवा नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री बन्ने कुरा सपनामात्र रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘आगामी निर्वाचनबाट प्रचण्ड कमरेड सम्भवत ः घरमै बस्नुहुन्छ । उहाँले चुनाव लड्ने क्षेत्र नै देखेको छैन मैले ।
’नेता बस्नेतले आगामी निर्वाचन सम्ममा नेकपा माओवादी केन्द्रका हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो । उहाँले एमालेको नीति एमालेको नेतृत्व भन्ने अभियान अझै बलशाली ढंगले स्थापित हुँदै जाने बताउनुभयो । एमालेले अल्पतमको सरकार गठन गरेसँगै अब प्रतिनिधिसभा विघटन गरेर पुनः चुनावमा जाने कोर्स सकिएको बताउनुभयो ।
उहाँले चाँडै नै जसपा र एमालेभित्रकै केही सम्भावना बोकेका नेताहरूलाइ समेटेर मन्त्रिमण्डल पुनर्गठन हुने पनि जानकारी दिनुभयो । पूर्वमन्त्री समेत रहनु भएको उहाँले माधवकुमार नेपालले पनि प्रतिनिधिसभाको यो कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभयो । पार्टीभित्रका केही नेताहरूलाइ भने विगतमा व्यक्त गरेका कुण्ठाले एडजस हुन केही समय लाग्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्