जनता टाइम्स

२ जेष्ठ २०७८, आईतवार १०:२८

युवा नेता नवराज शंकरको निधन


काठमाडौ, जेठ २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यालय सचिव तथा जिल्ला बाल संगठन अध्यक्ष ३४ वर्षीय नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ। विराट मेडिकल कलेज अस्पतालमा उपचाररत उहाँको आइतबार बिहान करिब ४ बजे निधन भएको हो।
विद्यार्थी नेता ईश्वरी तामाङका अनुसार स्वासप्रश्वासमा निकै समस्या भएपछि शंकरलाई सातायता इन्टेन्सिभ केयर युनिट (आइसियु)मा राखिएको थियो। ‘शनिबार उहाँको स्वास्थ्यमा केही सुधार आएको थियो,’ अस्पतालमै रहेका तामाङले भने, ‘तर, आज (आइतबार) बिहान उहाँको देहावसान भयो।’
निकै क्षमतावान् नेताका रूपमा मानिने शंकर जिल्लाकै देउमाई नगरपालिकाका बासिन्दा भएपनि करिब डेढ दशकयता सदरमुकाम बस्दै आउनुभएको थियो। विद्यार्थी जीवनदेखि निकै सक्रिय र तीक्ष्ण रहेका शंकर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्षसमेत भइसक्नु भएको थियो । जिल्ला युवा समितिको अध्यक्षपछि उहाँ केही महिनाअघि बाल संगठनको अध्यक्ष मनोनित हुनुभएको थियो । शंकरका बुबा, आमा, श्रीमती र डेढ वर्षकी छोरी छन्।