काठमाडौं, जेठ ३
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघलाई कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न आग्रह गर्नुभएको छ । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा उहाँले नेपालको अवस्थालाई मध्यनजर गर्दै चाँडो खोप आपूर्ति गर्न आग्रह गर्नुभएको हो ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग बुझ्नुभएको थियो । भेटमा राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे न्यान्तीले ब्रिफिङ समेत गर्नुभयो । राष्ट्रसंघले कोभ्याक्स सुविधाअन्तर्गतको खोप चाँडै नेपाल ल्याउन पहल भइरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्