जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार ०६:४४

हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरी: पर्वतारोहण नगर्न आग्रह


काठमाडौं, जेठ ४ । आजदेखि देशभर मौसम बद्ली हुने भएको छ । आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकाले पर्वतारोहण नगर्न र नगराउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै भोलि बेलुकादेखि शुक्रवारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको १र२ ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । यस्तै उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा र अरु प्रदेशको १/२ ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।