जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १४:५८

निषेधाज्ञामा लगातार बढ्दै सुनचाँदीको भाउ, आजको मूल्य कति ?


काठमाडौं, जेठ ४

कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिएसँगै यसको रोकथामका लागि गरिएको निषेधाज्ञामा सुनचाँदीको भाउ बढिरहेको छ । साताको तेस्रो दिन आज भाउ बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो तोलाको ९२ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ६ सयले बढेको हो । त्यस्तै तेजाबी सुनको भाउ पनि ६ सयले नै बढेर ९२ हजार ९ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ६ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ९२ रुपैयाँ कायम गरेको छ ।