जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार ०६:२२

लमजुङ केन्द्रबिन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो



काठमाडौँ, जेठ ५। बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५।८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।