जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार ०८:३८

भूकम्पले घर भत्किँदा केही मानिस घाइते


काठमाडौं, ५ जेठ । लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार घरको गारो भत्किँदा भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको भईरहेको छ । लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ। भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए।