जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १३:३६

स्पेनले नेपाललाई दियो १४ करोड २० लाख मुल्यको स्वास्थ्य सामाग्री


काठमाडौं, जेठ ६ । स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्पेनले एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको ५ टन स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीलाई आज हस्तान्तरण गरेको हो ।

स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामाग्री रहेको छ । सामाग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहितको टोली नेपाल आउनु भएको थियो ।

सामाग्री स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले मन्त्री त्रिपाठीलाई विमानस्थलमै हस्तान्तण गर्नुभएको हो । कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गए पछि स्वास्थ्य सामाग्रीको अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको भन्दै राजदुत शेर्पाको पहलमा सामाग्री नेपाल ल्याइएको थियो । यो सामाग्रीले केही भए पनि राहत पुग्ने विश्वास लिएको स्पेन सरकारले विश्वास लिएको जनाएको छ । नेपालका लागि विदेशीमुलकबाट प्राप्त भएको सहयोग सामाग्री यो हालसम्मकै धेरै भएको मन्त्रालयको भनाई छ ।