जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १७:३७

राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी, बादल पराजित


काठमाडौं, जेठ ६

राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँले ५०८८ मतभार पाउनुभएको छ ।

एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी हुनुभएको हो । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।