काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरी बिकसित पछिल्लो राजनीतिक घटनाक्रम र आफूले चालेको कदमको बिषयमा जानकारी दिनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आज दिउसो १२ः३० बजे आफ्नै सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी आम जनतालाई जानकारी गराउन लाग्नुभएको हो ।
पछिल्लो पटक संबिधानको धारा ७६ को उपधारा ३ अनुसार सवैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले बिहीवार मन्त्रिपरिषद बैठकबाटै बिश्वासको मत नलिने र नयाँ सरकार गठनका लागिम ार्गप्रशस्त गर्ने निर्णय लिनुभएको थियो । प्रधानमन्त्री ओलीले मार्गप्रशस्त्र गर्नुभएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म समय दिएर बैकल्पिक सरकार गठनको आह्वान गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्