जनता टाइम्स

१० जेष्ठ २०७८, सोमबार १५:०२

जन्ती बोकेको बस दुर्घटना हुँदा १६ घाईते, ५ गम्भिर


बारा, जेठ १०

रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस सिमरा उपमहानगरपालिका–१६ को डकाहमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । आज विहान १० बजे भएको ना ४ ख ४७४९ नम्बरको बस दुर्घटनामा ५ जना गम्भिर घाइते भएका छन् ।

केही घाइतेको जिल्ला अस्पताल कलैया तथा गम्भीर घाइतेलाई नेश्नल मेडिकल कलेज वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बस तिव्र गतिका कारण दुर्घटना भएको जन्ती नासिर मियाले जानकारी दिनुभयो । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित भएको एक जन्तिले जानकारी दिए ।