जनता टाइम्स

११ जेष्ठ २०७८, मंगलवार १०:२५

डा. भिम रावलको हावादारी ट्वीट : स्थानिय ओक्रोशित, यसरी भयो झुटको पर्दाफास


काठमाडौँ, जेठ ११। नेकपा एमालेबाट निष्कासित पूर्व नेता डा. भीमबहादुर रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको बताउनुभएको छ । सोमबार ट्वीट गर्दै उहँँले सरकारले नागरिकता अध्यादेश ल्याएसँगै वीरगञ्जमा भारतीयको भिड लागेको बताउनुभएको हो । उहाँको ट्वीट पछि स्थानिय बासी आक्रोशित बनेका छन् ।

यस्तो निषेधआज्ञको समयमा कसरी कहाँबाट नागरिकता वितरण भयो नभएको कुरा भएको भन्दै डा. रावललाई हावादारी भनेका छन् । जिल्लाको शान्ति सुरक्षाको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयलाई थाहा छैन कसरी रावललाई थाहा भयो के नागरिकता बाड्न उहाँ आउनु भएको हो भनि प्रश्न समेत गरेका छन् । यस्ता विखण्डनकारीले गर्दा मधेशी नागरिकले न्याय नपाएको गुनासो समेत गरेका छन् ।
डा रावलले भन्नुभएको छ ‘विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकिरुनेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं ।’रावलले यस्तो दाबी गरे पनि वीरगञ्जमा निषेधाज्ञा रहेको र अहिले त्यसप्रकारको काम नभएको त्यहाँबाट पत्रकार राजन रौनियारले जानकारी दिनुभयो ।

अध्यादेश आइबार साँझ जारी भएकाले त्यो राजपत्रमा प्रकाशित गरेर जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरेपछि मात्र नागरिकता दिन सम्भव हुन्छ । तर रावलले आजै नागरिकता लिनेको भीड लागेको र सबै भारतबाट आएको भनेर हावादारी दाबी गर्नुभएको छ । स्थानिय पत्रकार तथा राजनीतिक कर्मीहरुले डा. रावलको उक्त ट्वीट पछि विभिन्न प्रतिक्रिया ब्यक्त गरेको छन् ।

सांसद प्रदीप यादव लेख्नुहुन्छ –माननीय भीम रावल जी, तपाई त देश चिनेको नेता तर मधेश मात्र चिन्नु भएन। नागरिकको गरिमा बुझेर बोलेकोभए राम्रो हुन्थयो । म वीरगंज बाँट निर्वाचित सांसद हु। वीरगंज अहिले कोरोना महामारी संग जुधिरहेको छ।कोरोना ले गर्दा यहाँ को नागरिक को ज़्यान दैनिक रूपमा गईरहेको छ यहाँको आवस्था अत्यंतै जटिल तथा भयावह छ । यहाँको नागरिक जीवन र मृतयु संग जुझिरहेका छ्न र यहाँका स्थानीय प्रशासनले महीनों देखी निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय लगायात सबै कार्यालयहरू वन्द रहेको छ। सवै कार्यालय बन्द रहदा कुन कार्यालय वाट नागरिकता बतिरण भईरहेको छ भिम रावल जी रु तपाईं जस्तो बोद्धिकता भएको मान्छे भ्रम फैलाउछ भने मलाई लागेको थिएन।

पत्रकार अनन्त अनुराग लेख्नुहुन्छ –धन्यवाद माननिय प्रदिप यादव ज्यु मेरो आग्रह मानेर झुटको पर्दाफास गरि बास्तबिकता उजागार गरि दिनु भएकोमा धन्यवाद ।

तर नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले नागरिकता सम्बन्धी सोमबार गरेको ट्वीट हटाएका । विहानै यस्तो लेखेका छन्