जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार ०८:१८

प्रधानमन्त्रीको स्वीजरल्याण्ड भ्रमण सकियो, बेलायत प्रस्थान


काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीजरल्याण्डको भ्रमण पूरा गरी नेपाली समय अनुसार सोमबार राति बेलायतको लण्डनतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुभएको थियो । उहाले लण्डनमा अक्सफोर्ड विश्व विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको बेलायतको भ्रमण तीन दिन सम्म रहनेछ । त्यहाँ उहाले बेलायती समकक्षी टेरेसा मे तथा राजकुमार ह्यारीसँगपनि भेट्ने कार्यक्रम रहेको छ ।