काठमाडौं, जेठ १३
सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिड–१९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयुलगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा रु दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।
ईण्डष्ट्रिजका अध्यक्ष विजय कुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्नु मानव धर्म भएको बताउनुभयो । यसबाहेक उहाँले व्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैया सहयोग गर्दै आउनुभएको छ । प्रचार–प्रसारमा खासै नरुचाउँने उहाँ नेपालको बढी कर तिर्ने करदाता पनि हुनुहुन्छ ।
ईण्डष्ट्रिजका ग्रुपका कार्यकारी निर्देशक सशिन जोशीले यस महामारीको समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतमा व्यापारिक घरानाहरुले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकाश गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार कर्पोरेट सेक्टर पनि यहि समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हितसंग निर्भर गर्दछ । त्यस्तै जोशीले यो समय सरकारको श्रोत र साधनबाट भएको प्रयासप्रति सबैको साथ, सहयोग र समर्थन गर्न पनि आग्रह गर्नुभयो ।
यसमा निम्न सहयोगहरु समावेश छन्ः
१. अक्सिजन प्लान्ट र आईसियु विस्तारका लागि धुलिखेल अस्पताललाई रु एक करोड पैत्तीस लाख,
२. नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समूह प्रयासको लागि सहयोग स्वरुप रु ७५ लाख प्रदान गरिएको छ ।
क) नेपाल भेन्टिलेटर सर्भिसलाई High-Flow Cannulas (non-invasive) भेन्टिलेटर खरिद गर्न सहयोग ।
ख) विरगंज महानगरपालिका मार्फत विरगंज, पर्सामा अस्थायी कोभिड अस्पताल संचालनको लागि सहयोग ।
ग) ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरु मार्फत संचालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद ।
घ) विराटनगर, मोरङमा अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनको लागि रोटरी क्लब अफ विराटनगर युनिक लाई सहयोग ।
ङ) रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग ।
च) रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग ।
छ. लायन्स क्लब अफ बुटवल मार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग ।
ज) रोटरी क्लब अफ भैरहवा मार्फत भैरहवा, रुपन्देहीमा संचालित आईसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग ।
झ) भैरहवा चेम्बर अफ कर्मस मार्फत रुपन्देहीमा संचालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग ।
ञ) देश भरि आफ्नो ग्राहक तथा स्थानिय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको ।













प्रतिक्रिया दिनुहोस्