जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १५:०२

आर्थिक सर्वेक्षण सार्वजनिक : प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान (भिडियोसहित)


काठमाडौं, जेठ १४ । सरकारले कूल राष्ट्रिय उत्पादनका आधारमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ अर्थात ११९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

अर्थमन्त्रालयमा आयोजित भिडियो कन्फरेन्समार्फत अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालीको प्रतिव्यक्ति आय ११९६ पुग्ने अनुमान रहेको जानकारी दिनुभएको हो । आर्थिक सर्वेक्षणका अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादनका आधारमा प्रतिव्यक्ति आय ५ प्रतिशतले वृद्धि भई १ लाख ४० हजार ८१९ अर्थात १९९१ डलर पुग्ने अनुमान गरिएको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।

उहाँले प्रतिव्यक्ती खर्चयोग्य आम्दानी ४.५ प्रतिशतले बढ्दै १४८६ डलर पुग्ने अनुमान गरिएको जानकारीसमेत दिनुभयो ।