जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १६:०८

कोरोना जित्नेको संख्या ह्वात्तै बढ्यो, आज झण्डै १० हजार संक्रमित डिष्चार्ज


काठमाडौं, १४ जेठ। पछिल्लो २४ घण्टामा झण्डै १० हजार जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो संख्या नयाँ संक्रमितभन्दा संख्या नयाँ संक्रमितभन्दा २९ सय ८६ ले बढी हो ।

योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् ।