काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुदलीय ब्यवस्थामा अहिले देखिएको निर्दलीय चरित्र ख्याल ठट्टाका बिषय नरहेको भन्दै सचेत रहन सवैलाई अपिल गर्नुभएको छ । देशवासीको नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो अपिल गर्नुभएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गर्न गरिएको हर्कतको भण्डाफोर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बहुदलीय ब्यवस्थामा देखिएको निर्दलीय चरित्र ख्याल ठट्टाका बिषय होइन, यसतर्फ सवै सचेत हुनुपर्छ, सरकारमा जान जे पनि गर्न तयार भएर निर्दलीय चरित्र अपनाइनु किमार्थ राम्रो होइन ।’
उहाँले प्रतिनिधिसभा बिघटन संबैधानिक बाध्यता रहेको भन्दै निश्पक्ष निर्वाचन गराउने प्रतिवद्धता जनाउनु भयो । ‘मैले भनेको छु, सरकारले निर्वाचन निश्पक्ष गराउँछ, निर्वाचनका लागि सवै दलहरु सरकारमा सहभागी बन्नोस,’प्रधानमन्त्री ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्