जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १६:३८

अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा, सञ्चार उद्योग स्वतः नविकरण


काठमाडौं, जेठ १५ । अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८ /७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।

यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि बजेटमा उल्लेख छ ।

साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलीयत घोषण गरेको छ । यस्तै सरकारले सञ्चार उद्योगको २०७८/०७९ को नविकरण मिनाह गरी स्वतः नवीकरण हुने ब्यवस्था गरको छ ।

कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।