जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १६:४३

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो


काठमाडौं, १५ जेठ ।  सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशतले बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।