जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १७:००

विद्यार्थीलाई १ थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण


काठमाडौं, जेठ १५

सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएको छ । १६ वर्ष भन्दामाथि उमेरका विद्यार्थीलाई १ थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण दिने र उक्त ऋणको दुई वर्षमा भुक्तान गर्नुपर्ने बताइएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ का लागि गर्नुभएको बजेट भाषणमा यस विषयलाई समेटिएको जानकारी दिनुभयो ।