काठमाडौं, जेठ १७
सिन्धुलीका जिल्लाले ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी बजेट पाएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिन्धुलीका ९ स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट कमलामाई नगरपालिकालाई विनियोजन गर्नुभएको हो । कमलामाई नगरपालिकाले ६६ करोड २५ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने घ्याङलेख गाउँपालिकाले २२ करोड ८३ लाख बजेट पाएको छ ।
कुन पालिकालाई कति ?
कमलामाई नगरपालिकाः ६६ करोड २५ लाख
दुधौली नगरपालिकाः ६० करोड ४० लाख
गोलन्जोर गाउँपालिकाः ३० करोढ ७ लाख
घ्याङलेख गाउँपालिकाः २२ करोड ८३ लाख
तीनपाटन गाउँपालिकाः ४९ करोड ५४ लाख
फिक्कल गाउँपालिकाः २९ करोड २० लाख
मरिण गाउँपालिकाः ३१ करोड ४५ लाख
सुनकोशी गाउँपालिकाः ३५ करोड १० लाख
हरिहरपूरगढी गाउँपालिकाः ३१ करोड २९ लाख













प्रतिक्रिया दिनुहोस्