जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १७:३२

युवा संघको अध्यक्षमा किरण पौडेल


काठमाडौं, जेठ १७

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नेतृत्व फेरिएको छ। संघको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ । आज बसेको संघको केन्द्रीय समितिको बैठकले पौडेललाई चयन गरेको हो । यसअघि संघको अध्यक्षमा बच्चन बहादुर सिंह हुनुहुन्थ्यो । उहाँको हिजो मात्रै उमेर हदका कारण स्वतः पदमुक्त हुनुभएको थियो । संघमा ४० वर्षे हदबन्दी रहेको छ ।