काठमाडौं, जेठ १८
सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आज तोलाको ९४ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । यसअघि हिजो तेजावी सुनको कारोबार ९३ हजार ७ सय रुपैयाँमा भएको थियो ।
यस्तै आजका लागि चाँदीको एक हजार ३७० रुपैयाँ पुगेको छ । देशका अधिकांश सहरमा लागू गरिएको निषेधाज्ञाका कारण सुनको कोरोबार भने शून्यप्राय रहेको व्यवसायीहरुले बताएका छन्














प्रतिक्रिया दिनुहोस्