जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार १८:०७

घट्यो सुनको मूल्य, आजको भाउ कति ?


काठमाडौं, जेठ २१

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ ।

विहीबार छापावाल सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ ।