जनता टाइम्स

२३ जेष्ठ २०७८, आईतवार १३:४३

सीके राउतको निर्देशन : चुनावको तयारी थाल्नु


महोत्तरी, जेठ २३

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कात्तिक २६ र मंसीर ३ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न नेता÷कार्यकर्तालाइ निर्देशन दिनुभएको छ । विज्ञप्तिमार्फत उहाँले सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार–प्रसार जस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने भावना आत्मसात् गरी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ । जेष्ठ २२ मा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा जाने निर्णय भएको अध्यक्ष डा. राउतले जनाउनुभयो ।