काठमाडौं, जेठ २३ । नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । भट्टराईले प्रधानमन्त्रीको प्रस्तावले शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र एमालेको एकतालाई अक्षुण्ण राख्न मद्दत पुग्ने अपेक्षा गर्नूभएको छ ।
प्रधानमन्त्रीको प्रस्ताव आएपछि नेता भट्टराईले सामाजिक संजालमा लेख्नुभएको छ –पार्टी अध्यक्षको आह्वान मूलतः सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।














प्रतिक्रिया दिनुहोस्